भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले मर्माहत: राष्ट्रपति

0

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन् ।

उनले विपद्को घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ ।

Leave A Reply

Your email address will not be published.