प्रधानमन्त्री प्रचण्ड जाजरकोटमा

0

काठमाडौ \  शुक्रवार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठुलो मानवीय क्षति मात्र नभएर करोडौँको धनमाल समेतमा क्षति पुर्‍याएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा पुगेर त्यहाँको स्थलगत अवस्थाको बारेमा अवलोकन गरी स्थानीय प्रशासनसँग थप जानकारी लिनु भएको छ । घाइतेको उद्धार, तथा पीडितहरूका लागि राहतको व्यवस्था गर्ने बारेमा प्रधानमन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग जानकारी लिनु भएको हो ।

प्रधानमन्त्री भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित त्यसतर्फ जानुभएको हो ।

भूकम्पमा परी १२८ जनाले ज्यान गुमाई सकेका छन् भने सयौँको सङ्ख्यामा घाइते भएका छन् । अझै पनि विवरण आउन बाँकी रहेकाले धेरैको सङ्ख्यामा मानवीय क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.