नेपाली दुताबास अष्ट्रियाले ग्रिसका नेपालीहरुको राहदानीको समस्या छिट्टै समाधान गर्ने,

0

उमा थापा, एथेन्स ग्रिस,

विभिन्न कारणले पासपोर्ट गुमाएर ग्रिसमा अलपत्र परेका नेपालीहरुले अब ग्रिसमा नै पासपोर्ट (राहदानी) बनाउन पाउने भएका छन् ।

विभिन्न मुलुक हुदै ग्रिस आइपुगेका नेपालीले पासपोर्ट हराएर वा म्याद सक्किएर अलपत्र भएर बस्नु परिरहेको अवस्थाको अन्त्य गर्न राहदानी बनाउने व्यवस्थाको लागि पहल भइरहेको अष्ट्रियाकाा लागि नेपाली राजदुत भरतकुमार रेग्मीले बताउनुभएकोछ ।

आइतबार एनआरएनए ग्रिसका अध्यक्ष कृष्ण पोखरेल, नेपाली दुतावास ग्रिसका विश्वासिला पात्र सन्तोष आचार्य लगायतका ग्रिसबासी नेपाली समाजसँगको छलफलमा राजदुत रेग्मीले जतिसक्दो चाँडो पासपोर्ट यहि बनाउने व्यवस्था मिलाउन पहल भइरहेको बताउनुभएको हो ।

विभिन्न मुलुकबाट ग्रिस आइपुगेका आप्रवासी नेपालीहरुका लागि सहजरूपमा पासपोर्ट बनाउन पाउने ब्यवस्था गर्न आफुले परराष्ट्र मन्त्रालयसँग समन्वय गरिरहेको उहाँले बताउनुभयो ।

अन्य मुलुकको तुलनामा ग्रिसमा धेरै संख्यामा नेपाली आप्रवासीको बसोबास रहेको हुनाले जतिसक्दो छिटो पासपोर्ट बनाउने टोली ग्रिस आउने उहाँले बताउनुभयो ।

पासपोर्टका कारण समस्यामा रहेका नेपालीहरुको समस्या समाधान विश्वास ब्यक्त गर्दै राजदुत रेग्मीले पासपोर्ट बनाउन एक सय बीस युरो शुल्क लाग्ने समेत जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘चाँडै पासपोर्ट प्राप्तिलाई सहज बनाउन नेपाल र ग्रिस सरकारसँग पहल गरिरहेका छौं, आशा छ तीन महिनाभित्र ग्रिसमा नै पासपोर्ट बनाउने वातावरण बन्नेछ ।

ग्रिसको पराष्ट्र मन्त्रालयका अनुसार हाल यहाँ एक हजार पाँच सयको संख्यामा आप्रबासी नेपालीहरुको पासपोर्टको समस्या रहेको छ । छलफलका क्रममा राजदुत रेग्मीले नेपाल प्रतिको माया कायमै राख्न सबैलाई आग्रह समेत गर्नुभयो । ग्रिसमा नै पासपोर्ट बनाउन पाउने खबर पाएपछि यहाँ बस्ने नेपालीहरु हर्षित भएका छन् ।

Leave A Reply

Your email address will not be published.