नेपाली जनसम्पर्क समिति डेनमार्कको शुभकामना आदान-प्रदान,

0

नेपाली जनसम्पर्क समिति डेनमार्कको आयोजनामा ” दशै तिहार, छठ, नेपाल सम्बत लगायतका चाडपर्बको शुभकामना, आदान-प्रदान कार्यक्रम सम्पन भएको छ । २९ ओक्टोबर २०२३ कोपनहेगनमा भएको कार्यक्रममा डेनमार्कका लागि नेपाली राजदूत महामहिम डा. राम स्वार्थ रायको प्रमुख आथित्यता रहेको थियो भने कार्यक्रमको सभापतित्व संस्थाका सभापति यादब बस्नेतले गरेका थिए ।

“बि. स. २०३४ सालमा तत्कालिन नेपाली कांग्रेसका सभापति बि. पि. कोइरालाले कोजाग्रत पुर्णिमाको दिन मेलमिलाप र सहकार्यका लागि यस्तो कार्यक्रम आयोजना गरे सँगै शुरु भएको यस्तो कार्यक्रमको आज पनि उत्तिकै महत्व रहेको”प्रमुख अतिथि रायले आफ्नो शुभकामना मन्तब्यमा बताउनु भएकोछ । हाम्रा मौलिक र महान पर्बहरुको अवसरमा मेलमिलाप, सहकार्य र एकताको सन्देशका साथ यो कार्यक्रम आयोजना भएको समितिका सभापति यादब बस्नेतको भनाइ रहेको थियो ।

कायक्रममा संस्थाका निबर्तमान सभापति, भूतपुर्ब सभापतिहरु, पूर्व पदाधिकारी, गैर – आवसिय नेपाली संघ, डेनमार्कका प्रतिनिधि, डेनमार्क स्थित संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरु एनआरएनए, डेनमार्कका निबर्तमान अध्यक्ष, पूर्व अध्यक्षहरु, पूर्व आईसीसी सदस्यहरुको उपस्थिति रहेको आयोजक संस्थाका महामन्त्री बिजय सापकोटाले जानकारी गराउनु भएकोछ ।

सस्थाका बरिष्ट उप-सभापति प्रकाश ढकालले कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए भने कार्यक्रम महामन्त्री द्वय बिजय सापकोटा र कृष्ण गिरीले सन्चालन गरेका थिए । कार्यक्रममा अतिथिहरुका लागि मौलिक नेपाली चिया, समोसा, तरकारी र मिठाइको ब्यवस्था गरिएको थियो ।
छोटो औपचारिक कार्यक्रम पश्चात चियापान सहित शुभकामना आदान-प्रदान र आपसी भलाकुसारीले कार्यक्रम प्रभाबकारी भएको एनआरएनए, डेनमार्कका पूर्व आईसीसी सदस्य प्रबिण प्रजापतीले बताए ।

Leave A Reply

Your email address will not be published.