महेश श्रेष्ठको पक्षमा माहोल बढ्यो, रबिना थापाले गरिन् समर्थन

0

काठमाडौं \ बिहिबार सम्पन्न हुन लागेको निर्वाचनमा एनआरएनको नयाँ नेतृत्वका लागि अध्यक्षका प्रत्यासी महेश श्रेष्ठको पल्ला भारी देखिएको छ। श्रेष्ठको पक्षमा अहिले सोल्टी होटल वरपर उनका समर्थकहरुको माहोलले विजयका लागि वातावरण बन्दै गएको देखिन्छ। यसैबीच अध्यक्षका प्रत्यासी रबिना थापाले श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उमेद्वारी फिर्ता लिएकी छिन्। थापाको उमेदवारी फिर्तासँगै श्रेष्ठका समर्थकहरु उत्साहित देखिएका छन्।

बुधवार राती श्रेष्ठ र थापाबीच सहमति भई थापाले श्रेष्ठलाई सघाउने सम्झौता समेत भएको छ। सम्झौतामा हस्ताक्षर भएलगत्तै होटल परिसरमा श्रेष्ठ र थापा दुवैले आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका थिए।

‘मेरो एजेन्डालाई महेशजीले आफ्नो एजेन्डा बनाउने भन्नुभएकोले सहमतिको वातावरण बन्यो र मैले महेशजीलाई एकता र सहकार्यका लागि समर्थन गर्दै मेरो उम्मेदवारी फिर्ता लिने र उहाँलाई सघाउने निर्णय गरेकी छु’ थापाले भनिन्। श्रेष्ठले एकताका लागि आफ्नो समर्थनमा उम्मेदवारी फिर्ता लिएर सहयोग गर्नु भएको भन्दै थापालाई धन्यवाद दिएका थिए। थापा वर्तमान कार्य समितिकी अध्यक्ष हुन् भने श्रेष्ठ उपाध्यक्ष हुन्।

अब श्रेष्ठसँग बद्री केसी र आरके शर्माले प्रतिष्पर्धा गर्नेछन्।

Leave A Reply

Your email address will not be published.