नेकपा एसका सचिब रामकुमारी झाक्रीले एनआरएनएको मंचबाट गरिन एनआरएनहरुको अपमान,

0

एनआरएनएको काठमाडौंको सोल्टि होटेलमा जारी एनआरएनएको विश्व सम्मेलन तथा महाधिबेशनमा नेकपा एसकी नेत्री रामकुमारी झाक्रीले एनआरएन नागरिकताका बारेमा बिबादास्पद टिप्पणी गरेकी छिन । गैर अबासीय नेपाली संघको महाधिबेशनमा नागरिकता सम्बन्धिको सेसनमा बक्ताको रुपमा बोलाईएकी झाक्रीले प्रबासका नेपालीहरुको अपमान हुने गरि टिप्पणी गरेकी हुन ।

आफ्नो खुशीले नेपालको नागरिकता छोडेका तपाईंहरुको नेपाली नागरिक सरह नागरिकता पाउने अधिकार नभएको, बिदेशमा बसेर नेपालको राजनितिक अवस्थाका बारेमा नकारात्मक टिप्पणी गरेर बातावरण बिगारेको, बिहान आँखा मिच्दै नेपालका नेताहरुलाई गाली गर्ने गरेको, नेपाल बनाउन नेपालमै बस्नु पर्छ लगायतका आरोप लगाउदै बोले पछि सहभागिहरुले होहल्ला गरेका थिए ।

एनआरएनए बेलायतका निबर्तमान उपाध्यक्ष नारायण कंडेलको विश्वको कुनै पनि संबिधानले परिकल्पना नगरेको राहदानी बनाउन नमिल्ने नागरिकता कसरी नागरिकता हुन्छ ? भन्ने प्रश्नमा उत्तेजित हुँदै झाक्रीले एनआरएनहरुको अपमान हुने टिप्पणी गर्दा शभाहल अशान्त बनेको थियो । बातावरण बिग्रने अवस्था देखिए पछि एनआरएनएका पदाधिकारीहरुले सुरक्षाकर्मी बोलाएका थिए ।

आफ्नै कार्यक्रममा आएर आफ्नै अपमान गरेको भन्दै एनआरएनए बेलायतका पूर्व अध्यक्ष योगेन क्षेत्री, आईसिसी सदस्य मदन दवाडी लगायतले बिरोध गरेका थिए ।

साथै एनआरएनए पदाधिकारीहरुले एनआरएनएको मन्चबाट एनआरएनहरुको अपमान हुँदा प्रतिकार गर्नुको सट्टा उल्टो सुरक्षाकर्मी परिचालन् गरेको भनेर पनि बिरोध भएकोछ । उनिहरुले माफि माग्नु पर्ने एनआरएनए प्रतिनिधिहरुले माग गरेकाछन ।

video

  • (20+) Facebookhttps://fb.watch/nMqGo1x86E/
Leave A Reply

Your email address will not be published.