सिंहदरबारमा सर्वदलीय बैठक सुरु

0

काठमाडौँ \ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकसहितको बैठक सुरु भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बैठकमा विद्यालय शिक्षा ऐन संशोधनका विषयमा प्रधानमन्त्रीले कुरा राख्ने उनले बताए । त्यस्तै इजरायलमा भएको आक्रमणमा परका नेपालीहरूको अवस्थाबारे बैठकमा जानकारी गराइने छ ।

‘बैठक मुख्यरुपमा विद्यायल विधेयक संशोधनबारे प्रधानमन्त्रीज्यूले बैठकमा कुरा राख्नुहुन्छ । त्यसबारे कसरी अगाडि बढ्ने भन्ने विषयमा सबैसँग छलफल गरेपश्चात निर्णय हुन्छ’, उनले भने ।

आजै प्रधानमन्त्री प्रचण्डले संसदीय दलको बैठकमा शिक्षकसँग भएको सम्झौता कार्यान्वय र संशोधनको विषयमा छलफल गरेका थिए ।

Leave A Reply

Your email address will not be published.