इजरायलमा हमासको हमला : दुबैतर्फ गरेर १२ सय जनाको मृत्यु

0

एजेन्सी \  इजरायलमा प्यालेस्टाइनी समूह हमासले एक्कासी आक्रमण गरेयता दुबै देशका गरेर १२ सयको मृत्यु भएको छ ।

गत शनिबार प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेको थियो । इजरायली सेनाले यसलाई सन् २००१ सेम्टेम्बरमा अमेरिकामाथि भएको जस्तै आतंकबादी हमलाको संज्ञा दिएको छ । हमासले गरेको आक्रमणमा अहिलेसम्म ७ सय इजरायलीको मृत्यु भएको छ । जसमा १० जना अध्ययनका लागि गएका नेपाली बिद्यार्थी पनि रहेका छन् ।

त्यसैगरी इजरायलले गरेको जवाफी हमलामा ५ सय जना प्यालेस्टाइनीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । इजरायलले गाजा सीमा नजिकका धेरै ठाउँहरूमा र इजरायलमा पनि हमासका लडाकु लुकेर बसेका हुन सक्ने आशंका गरेको छ । इजरायलमा एउटा संगीत समारोह भइरहेको ठाउँमामात्रै हमासले आक्रमण गर्दा २६० जना मारिएका जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.