सल्यान जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

0

काठमाडौं \  दाङको तुलसीपुरबाट सल्यानको झिम्पेका लागि छुटेको यात्रुबाहक बस सल्यानको कपुरकोटमा दुर्घटना भएको छ ।

दुर्घटनामा परि दुई महिलाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालकसहित २२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो ३ बजे सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस सल्यानको कपुरकोट गाउँपालिकाको मूलपानी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

ज्यान गुमाउनेहरुको पहिचान खुलेको छैन । दुर्घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.