सुन प्रकरणमा २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

0

काठमाडौँ \  काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । थुनछेक बहस सकिएपछि शुक्रबार जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ प्रतिवादीलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताए ।

यस्तै, बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ नागरिक जीक्वाङ लिन, भारतीय नागरिक थुप्तेन छिरिङलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।

यसैगरी कृष्ण कुमार श्रेष्ठ, पुस्करराज भट्टसहित भन्सार एजेन्टहरु राजेन्द्रकुमार राई, यादव पराजुली, सुदर्शन गौतमलाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

अदालतले दोलखाको मेलुङ गाउँपालिका–३का रामकुमार भुजेल, सोही ठाउँका दिलिप भुजेल, बुटवलका सुमन खरेल, सुनचाँदी व्यवसायी शिवकुमार सर्राफ, दावाको सहयोगी मानिएका किशोर बस्नेत, भन्सार अधिकृत सन्तोष चन्द, गणेशकुमार पौडेल, नायब सुब्बा विरेन्द्र नेपाली, विमानस्थल भन्सार कार्यालयका जाँचकी कुमार ढकाल र भन्सारमा एक्स–रे हेर्ने नायब सुब्बा सरोज श्रेष्ठलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।

सुन प्रकरणमा २६ जना थुनामा रहेकोमा रुक्मणि सुब्बालाई भने ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको छ । काठमाडौँ जिल्ला अदालतमा ६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर भएको छ । तीमध्ये ३ जना फरार छन् ।

Leave A Reply

Your email address will not be published.