प्रहरी संगठनमा आन्तरिक शुद्धिकरण सुरु हुने : एआईजी भण्डारी

0

हेटौंडा \ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दीप भण्डारीले नागरिकसँगको सहकार्यमा मात्र समाजबाट दण्डहिनता अन्त्य हुने बताउनु भएको छ । प्रहरी संगठनमा आन्तरिक शुद्धिकरण सुरु हुने बताउदै उहाँले राम्रा काम गर्ने प्रहरीहरुलाई पुरस्कृत गरेर हौसला बढाउने अभियानमा आफुहरु लागि परेको बताउनु भयो ।

बुधबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा आयोजित नागरिक समाज तथा संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले नेपाल प्रहरी तस्करी नियन्त्रण गर्ने देखी प्रहरी आचरण अनि व्यवहार परिवर्तन गर्ने कार्यमा लागीपरेको बताउनु भयो । नेपाल प्रहरीको कार्यदक्षता मुल्यांकन २०८० को शिलशीलामा बागमती प्रदेश आईपुग्नु भएका भण्डारीले अपराधिक क्रियाकलाप रोक्दै कानुन कार्यान्वयन गर्नु प्रहरीको दायित्व रहेको बताउनु भयो ।

उहाँले नागरिक समाजले पनि प्रहरीलाई अनुगमन तथा अडिट गर्दै विश्वास दिने वातावरण बनाउन आग्रह गर्नुभयो ।  प्रहरी सेवामा सिमित दरबन्दी रहेकाले काम गर्न असहज परिस्थिति रहेको भन्दै उहाँले थप दरबन्दीका लागि पहल भइरहेको बताउनु भयो । समाज परिवर्तनमा नागरिक समाजको भुमिका उल्लेख्य भुमिका रहेको भन्दै उहाँले सुरक्षा मोडालिटि परिवर्तन गरेर प्रहरीले काम गर्ने बेला आएको बताउनु भयो ।

कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधि, सञ्चारकर्मीहरुले पछिल्लो समय बढेको साईबर अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण लगाएतका विषयहरुमा प्रहरीले खेल्नुपर्ने भुमिकाबारे जानकारी गराएका थिए । अन्तरक्रियामा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राना, प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी, मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजाल लगाएतका नागरिक समाजका अगुवाहरुको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.