श्री र फिष्टेलका तीन हेलिकप्टरको उडानमा प्रतिबन्ध

0

काठमाडौँ \ नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्ल्न गर्ने दुई हेलिकोप्टर कम्पनीका ‘एएस-३५० बी३ई’ हेलिकप्टरको उडानमा रोक लगाएको छ । लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लंघन गरेको भन्दै प्राधिकरणले श्री एयरलाइन्स र फिष्टेल एयरको हेलिकप्टरलाई ग्राउण्डेड गरेको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मौसम सफा भएर उडान भर्नुपर्ने मापदण्ड उल्लंघन गरेकाले दुई कम्पनीका तीन हेलिकप्टरलाई अर्को निर्णय नभएसम्मका लागि ग्राउण्डेड गरिएको बताए ।

‘दुई कम्पनीका हेलिकप्टरले भिजिबिलिटी एक सय मिटर नभएको अवस्थामा समेत ‘भिएफआर’ नियम मिच्दै हेलिकप्टर उडाएपछि प्राधिकरणले ती दुई हेलिकोप्टरलाई ग्राउण्डेड गरिएको हो,’ प्रवक्ता भुलले भने ।

हेलिकप्टर उडानका लागि ‘कन्ट्रोल एयरस्पेस’मा कम्तीमा पाँच हजार र ‘अनकन्ट्रोल एयरस्पेस’मा एक हजार पाँच सय भिजिबिलिटी चाहिन्छ । तीन हेलिकोप्टरको उडानको ‘भिजुअल’का आधारमा ‘क्रिटिकल’ उडान अर्थात् झण्डै दुर्घटनाबाट जोगिएको पाइएका आधारमा ग्राउण्डेड गरिएको प्राधिकरणले स्पष्ट पारेको छ ।

Leave A Reply

Your email address will not be published.