एनआरएनएको उपाध्यक्षमा डा. पौडेलद्धारा उम्मेदवारी घोषणा

0

काठमाडौं \ गैरआवासीय नेपाली संघको केन्द्रीय उपाध्यक्षमा डा. केशव पौडेलले आफ्नो उम्मेदवारी अघि सारेका छन् । उनले सामाजिक सञ्जाल सहित आफ्नो प्रतिवद्धताहरु सार्वजनिक गर्दै उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले हामी गैरआवासीय नेपालीलाई हक, अधिकार दिलाउने र हाम्रो गर्विलो परिचय स्थापित गराउने साझा, प्रतिनिधिमूलक, सम्मानित र गौरवपूर्ण संस्था गैर आवासीय नेपाली संघ रहेको भन्दै स्थापनाको केही वर्षमै गैर आवासीय नेपाली संघले एउटा उचाई लिएको बताए ।

संघले महाभूकम्प होस् वा कोभिड महामारी, विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकताको मालामा उनेर एनआरएनएले गैर आवासीय नेपालीको हितका निम्ति काम गरिरहेको छ भने नेपालसँग गैर आवासीय नेपालीलाई जोड्ने पुलको काम गरिरहेको बताएका छन् ।
गैरआवासीय नेपाली संघको स्थापनादेखिनै प्रत्यक्ष तथा परोक्ष रुपमा जोडिएका पौडेल गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको दुइ कार्यकाल अध्यक्ष तथा एक कार्यकाल गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको प्रमुख संरक्षकको रुपमा रहेर संघको संस्थागत विकासमा काम गरेका छन् । उनी हाल गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को महासचिवको भूमिकामा रहेका छन् ।

उनले विश्वभर रहनुभएका एनआरएनए अभियन्ताहरुसँग प्रत्यक्ष भेटेर र विभिन्न माध्यममार्फत सम्पर्क गर्दा मिलेको उर्जा र आफुप्रति देखाउनुभएको सद्भावले गर्दा संघको उपाध्यक्ष पदमा उठ्ने बताएका छन् । दसौं विश्वसम्मेलनमा तपाईहरुले महासचिवको रुपमा मलाई गर्नुभएको विश्वासप्रति सम्मान व्यक्त गर्दै ११ औं महाधिवेशनमा उपाध्यक्ष पदमा पनि साथ सहयोग रहने विश्वास रहेको डा. पौडेलले बताए । पौडेले महासचिवको जिम्मेवारीलाई कुशलतापूर्वक पुरा गर्दै एमआईएस सिस्टम मेम्बरसिप प्रोगामको चेयरपर्सनको रुपमा प्राप्त जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छन् ।

यस्तो छ उपाध्यक्ष पदका उम्मेदवार डा. केशव पौडेलका प्रतिवद्धताहरू


उपाध्यक्ष पदको उम्मेद्वार भइरहँदा मैले यो संस्थालाई कसरी अझ बढी योगदान गर्न सक्दछु ? मैले ध्यान पुर्याउनु पर्ने क्षेत्रहरु के, के रहन्छन् ? त्यसतर्फ मेरो चिन्तन रहेको छ । हामी कुनै संसदीय वा अन्य सत्ता प्राप्तिको प्रतिस्पर्धात्मक चुनावमा छैनौं, यहाँ हामी सबै समान छौं, हामी सबैको साझा दायित्व भनेकै एनआरएनए संस्थालाई कसरी बलियो बनाउने भन्ने नै रहेको छ । निर्वाचित भई आउने अध्यक्ष सहितको कार्यसमितिले ल्याउने एनआरएनए केन्द्रीत योजनाहरुको कार्यान्वयन गर्ने तर्फ मेरो ध्यान रहनेछ । एनआरएनए अभियानमा अघि बढ्दै जाँदा यहाँहरुको साथ, सहयोग, सल्लाह र सुझावलाई ग्रहण गर्दै संस्थाको संस्थागत विकास र संस्थाको सुदृढिकरणमा म लागिरहने छु । मैले आफूलाई उपाध्यक्षको रुपमा उभ्याईरहँदा मुख्यतः केही महत्वपूर्ण मुद्दालाई सम्बोधन गर्न आफ्नो क्षमताले भ्याएसम्म इमान्दारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

पहिलो मुद्दा भनेको नेपाली नागरिकताको निरन्तरता नै हुनेछ । अहिले संविधानप्रदत्त गैरआवासीय नेपाली नागरिकताको सफल कार्यान्वयन सँगै “एक पटकको नेपाली सधैंको नेपाली“ भन्ने हाम्रो मूल उद्देश्य अनुरुप नेपाली नागरिकताको निरन्तरताको विषयलाई टुंगोमा पु¥याउन मेरो भूमिका रहनेछ । खासगरी अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा युरोप लगायतका देशमा रहनुहुने त्यहाँको नागरिकता लिनुभएका गैरआवासीय नेपालीले नेपालमा रहेको सम्पत्तिलाई लिएर धेरै असजिलो अवस्था व्यहोर्नु परिरहेको छ । नेपाल भित्र केही गर्नु पर्दा पनि विदेशी दर्जामा गर्नुपरिरहेको छ, यी बाहेक पनि मुख्य कुरा आफूलाई एक प्रकारको विभेद जस्तो व्यहोर्नु परिरहेको छ, तसर्थ त्यसलाई टुंगोमा पु¥याउन नेपाली नागरिकताको निरन्तरता नै आवश्यक छ ।

दोस्रो मुद्दा भनेको एनआरएनएलाई नै संस्थागत बनाउनु हो । ठूलो संजाल भएपनि संस्थागत हुन नसक्दा सोचेको जसरी एनआरएनएले काम गर्न सकिरहेको छैन । एनआरएनए आईसिसी देखि एनसिसीहरुमा विवादहरु देखिने गरेका छन्, कतिपय अवस्था सही ढंगवाट समन्वय र सम्बोधन नहुँदा यो अवस्था आएको हुनुपर्दछ । देश अनुसार एनसीसीहरुमा समस्या पनि फरक छन् । सँगसँगै देश अनुसार एनसिसीहरुमा कानुनी आधारमा पनि कतिपय विषयहरु आईसिसीले चाहे जसरी गर्न नसकिने पनि हुन सक्दछ । यी र यस्ता विषयहरुलाई एकत्रित गर्दै सम्वोधन गर्नका लागि संस्थागत ढंगवाट पहल हुनु आवश्यक छ । एनआरएनएलाई संस्थागत रुपमा सबैको सहभागिता र भूमिका सहितको बनाउन सक्दा संघको प्रशासनिक खर्चमा पनि कटौती गर्न सकिन्छ । त्यसतर्फ पनि मेरो ध्यान रहनेछ । विश्वभर रहेको हाम्रो अनुभव, ज्ञान, पुँजी र सामथ्र्यलाई संस्थागत ढंगवाट नेपालका नेपाली र गैर आवासीय नेपालीका बीच पनि उपलब्धिमूलक ढंगवाट पुर्याउन मैले काम गर्ने छु ।

तेस्रो मुद्दा भनेको गैर आवासीय नेपालीका लागि एनआरएनएले गर्नुपर्ने काम हो । देश अनुसार एनआरएनहरुका आवश्यकता फरक फरक छन् । त्यसलाई लिपिवद्ध गर्दै सम्बोधन गर्ने तर्फ एनआरएनएले पहल गर्नुपर्ने हुन्छ । दोहोरो कर प्रणाली, आप्रवासी कामदारको सामाजिक सुरक्षाको जिम्मेवारी, वैदेशिक श्रम बजारमा सीपयुक्त जनशक्ति, कूटनीतिक नियोगहरुवाट दिइने सेवामा सेवाग्राहीको सरल पहुँच र सहज समाधानको पहल, नेपालको निर्वाचनमा मत दिन योग्य गैर आवासीय नेपालीले मत दिन पाउने व्यवस्थाको कार्यान्वयन, कठिनाई रहित भन्सार सुविधा, पुँजीको सरल व्यवस्थापन, वैदेशिक श्रम बजारवाट नेपाल फर्कन चाहनेहरुका लागि आवश्यक व्यवस्थाको पहल, सुरक्षित वैदेशिक श्रम बजार जस्ता धेरै विषयहरुमा हामीले कार्य गर्नुपर्ने छ त्यस तर्फ मेरो भूमिका रहनेछ ।

संसारभरि फैलिएका एनआरएनहरुका समस्याहरु सम्बोधन गर्न तथा एनआरएनहरुसँग रहेको सीप, पूँजी, अनुभव र संजाल नेपालको हितमा सदुपयोग गर्नका लागि एउटा छुट्टै एनआरएन मन्त्रालय गठन गर्न संघको तर्फबाट नेपाल सरकारसंग पहल गर्ने छु । यसैगरी विश्व ज्ञान सम्मेलनलाई नेपालको समृद्धि, सूचना तथा प्रविधि क्षेत्रको विकास, प्रविधि तथा सीप हस्तान्तरण जस्ता विषयमा केन्द्रीत गरी आयोजना गर्न साथै संघका सबै गतिविधिमा युवा र महिलालाई अग्र स्थान दिन, प्रवासमा हुर्कंदै गरेको दोश्रो र तेश्रो पुस्तालाई नेपालसँग जोड्न, प्रवासमा नेपाली भाषा, संस्कृति र कलाको प्रवद्र्धधनमा पनि मैले संस्थागत रुपमा पहल गर्ने छु ।

आफ्नो उम्मेद्वारीप्रति सम्मेलनमा प्रतिनिधिको रुपमा विश्वभरबाट सहभागि हुनुहुने प्रतिनिधिज्यूहरु तथा गैरआवासीय नेपाली तपाई सम्पूर्णबाट साथ र सद्भाव रहने भन्नेमा पौडेल विश्वस्त रहेको बताएका छन् ।

 

Leave A Reply

Your email address will not be published.