पद्मश्री पुरस्कार सुवेदीको उपन्यास ‘मनु’ लाई

0

खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले २०७९ को पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’ लाई दिने निर्णय गरेको छ ।

प्राप्त १८० पुस्तक मध्येबाट पहिलो चरणमा १५ र दोस्रो चरणमा परेका पाँच सूचीभित्र परेका पुस्तकबाट ‘मनु’ छनोट भएको खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले जानकारी दिएको छ । ‘मनु’ ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो ।

यस्तै, प्रद्मश्री साधना सम्मान कार्टुनिस्ट दुर्गा बराल (वात्स्यायन) लाई प्रदान गरिने भएको छ । पद्मश्री गौरव पुरस्कार काठमाण्डौ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई प्रदान गरिने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।

तीनवटै पुरस्कारको राशि तीन लाख रुपैयाँ रहेको छ । पुरस्कार कोजाग्रज पूर्णिमाको दिन वितरण गरिने पनि प्रतिष्ठानले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.