बेल्जियममा भुगोलविद् डा.हर्क गुरुङ र संरक्षणविद् डा चन्द्र गुरुङको स्मृति दिवस

0

लेउभेन \ तमु समाज बेल्जियम र सिक्लेस पार्चे कल्याण कोष बेल्जियमको सयुंक्त आयोजनामा १७ वर्ष पहिले ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परि मृत्यु हुनु भएका भुगोलविद् डा. हर्क गुरुङ र संरक्षणविद् डा .चन्द्र प्रसाद गुरुङ्गको सम्झना स्मृति कार्यक्रम गरेको छ ।

आयोजक दुवैै संस्थाका अध्यक्ष होम तमु र ओम प्रसाद तमुको अध्यक्षतामा भएको कार्यक्रममा तमु समाज बेल्जियमका संस्थापक अध्यक्ष मीन तमुको प्रमुख आतिथ्यता रहेको थियो । स्मृति दिवसमा तस्विरमा फूल गुच्छा अपर्ण गर्दै कार्यक्रम सुरुवात गरिएको थियो ।

सिक्लेस पार्चे कल्याण कोषका अध्यक्ष ओम प्रसाद तमुले स्वागत गर्नु भएको कार्यक्रममा संरक्षणविद् डा. चन्द्र प्रसाद तमुको जीवनी बारे नि–वर्तमान अध्यक्ष ओम राज तमुले प्रकाश पारेका थिए । आफ्नो जीवनको महत्वपूर्ण समय देशको लागि योगदान गर्नु भएका संरक्षणविद् विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि रहनु भएकै समय कन्चनजङ्गा संरक्षण कोषलाई स्थानीय निकायलाई हस्तान्तरण गरि फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परि निधन भएका डा.चन्द्र प्रसाद तमुकै पहलमा अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)को स्थापना भएको जनाइएको थियो ।

यसैगरी भुगोलविद् डा. हर्क गुरुङको जीवनी बारे सल्लाहकार नन्द राज घलेले प्रकाश पारेका थिए । डा.हर्क गुरुङ भूगोलविद् भनेर चिनिए पनि विलक्षण प्रतिभाका अनेकौं विशेषताहरु थियो गुरुङमा । उनी कुशल खेलाडी, अध्ययन,अध्यापक, योजनाविद्, अन्वेषकका साथै कुशल चित्रकार रहेको घलेले बताए ।

गुरुङले बनाएका डाँफे र मुनालको तस्विर हुलाक टिकटको रुपमा प्रकाशन भएको छ । उद्योग ,वाणिज्य,पर्यटन राज्यमन्त्री समेत बनेका उनी राष्ट्रिय योजना आयोगका सदस्य हुँदै उपाध्यक्ष समेत बनेका थिए । मन्त्री भएकै समय गलैंचा काण्डमा फसाईए पछी उनले तत्कालीन राजा वीरेन्द्रलाई हर्क गुरुङ भारी बोकेर खान्छ तर घुस खादैन भन्ने सन्देश पठाएको घलेले बताए ।

कार्यक्रममा गैर आवसिय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटा, आदिवासी जनजाती महासंघ बेल्जियमको अध्यक्ष वीरमान घर्तीमगर, मगर समाज बेल्जियमका प्रतिनिधि यमुना रोकामगर, आमा समुहकी संस्थापक अध्यक्ष बबिता तमुस्यो लगायतले डा. द्वयको योगदान बारे आफ्ना भनाइ राखेका थिए ।

Leave A Reply

Your email address will not be published.