नेपालमा ढुक्क भएर लगानी गर्न चिनियाँ उद्याेगीलाई प्रधानमन्त्री प्रचण्डकाे आग्रह

0

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण नेपाल र चीनबीचको आर्थिक साझेदारीलाई अझ प्रगाढ बनाउने अवसर भएको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) को आयोजनामा भएको ‘नेपाल चीन बिजनेस समिट’ मा प्रचण्डले आफ्नो भ्रमणले सम्बन्धलाई बलियो बनाउने बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले नेपालमा अवसरहरूकाे सम्भावना भएकाले उद्यमी र लगानीलाई स्वागत गरिन्छ भन्ने सन्देश दिन आफू समिटमा आएको बताउनुभयो ।

एक सय २० जना चिनियाँ कम्पनीको सहभागिता रहेको समिटमा प्रधानमन्त्री प्रचण्डले नेपालमा जलविद्युत्, कृषि, वन, जडीबुटी र सूचना प्रविधिको क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल आउने बताउनुभयो । चीनले पूर्वाधारदेखि औद्योगिकीकरणसम्म, मानव विकासदेखि गरिबी निवारणसम्म गरेको अकल्पनीय विकासबाट संसारले पाठ सिक्नुपर्ने उहाँले बताउनुभयो ।

समिटमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अवसर, पर्यटन प्रवर्धन र निर्यात विस्तारका विषयमा धारणा राख्नुभयो । समिटमा नेपालबाट ५० जना उद्योगी व्यापारी सहभागी थिए ।

Leave A Reply

Your email address will not be published.