संविधान दिवसकाे अवसरमा राष्ट्रपतिबाट ६ सय ७० जना कैदीकाे सजाय मिनाहा

0

काठमाडौं  \ राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६ सय ७० जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहा गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले भोलि बुधवारदेखि लागू हुने गरी ६ सय ७० जनाको माफी मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले निकाल्नुभएको विज्ञप्तिमा ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी सजाय माफी गर्ने मन्त्रिपरिषद्को सिफारिसबमोजिम असोज ३ गतेदेखि लागू हुने गरी संविधान दिवस २०८० को अवसरमा माफी मिनाहा भएको उल्लेख छ ।

भोलि संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संविधान दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

Leave A Reply

Your email address will not be published.