नेपालको संविधान कार्यान्वयनमा दलहरु चुकेकाे कृष्णप्रसाद सिटौलाकाे भनाई

0

काठमाडौं \ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधान कार्यान्वयनमा दलहरु चुकेको बताउनुभएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका सिटौलाले संविधानको मुलमर्म कार्यान्वयनमा ढिलाई भइरहेको बताउनुभएको हो ।

मंगलबार एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवाष र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उहाँले संविधान जारी भएयता दलहरुबीचको समझदारी टुटेकाले संविधान कार्यान्वयनमा ढिलाई हुन गएको तर्क समेत गर्नुभयो ।

तत्कालीन माओवादीलाई शान्ति वार्तामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएका सिटौलाले सुवाष नेम्वाङले नेपालको संविधान निर्माणमा अतुलनीय योगदान पुर्‍याएको बताउनुभयो । उहाँले संविधान जारी हुन नदिनका लागि अनेकौ दबाब आएपनि त्यसलाई शान्त ढंगले प्रतिरोध गर्दै नेम्वाङले संविधान जारी गर्न अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।माओवादी शान्ति वार्तामा आएपछि पनि अन्तरिम संविधान निर्माणमा नेम्वाङको भुमिका नेतृत्वदायी रहेको उहाँको भनाई थियो ।

नेता सिटौलाले नेम्वाङको संयोजनकारी, समन्वयकारी भुमिका संविधान कार्यान्वयनमा पनि आवश्यक हुँदाहुँदै उहाँको निधन हुनु मुलुकका लागि अपूरणीय क्षति भएको समेत बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.