राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने सन्देश नयाँ पुस्तामा पुर्‍याउन आवश्यक छ : राष्ट्रपति

0

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ ।

मंगलबार भक्तपुरमा गणेशमान सिंहको प्रतिक अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभयो । उहाँले राष्ट्र निर्माणको लागि जीवन समर्पण गर्ने आदर्श त्याग र निष्ठावान नेता गणेशमानको सन्देश वर्तमान र भावि पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको बताउनुभयो । उहाँले गणेशमान सिंह सबैको सर्वमान्य नेताको रुपमा मानेको नेता भएको बताउनुभयो । उहाँले सिंहले राजनीतिलाई सत्ता र शक्तिको साधन नभएको भन्दै राजाले प्रधानमन्त्री बन्नु भन्दा समेत अस्वीकार गरेको स्मरण गर्नुभयो ।

उहाँले प्रतिक सहितको गणेशमान पार्कले उहाँको आर्दशपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्दत पुर्‍याउने विश्वास लिएको बताउनुभयो । राष्ट्रपति पौडेलले गणेशमानको साथ र समिप्यता आफ्नो राजनीतिक जीवनमा पनि पाएको स्मरण गर्नुभयो । उहाँले गणेशमानको समिप्यताले आफूलाई पनि सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको बताउनुभयो । उहाँले लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यम मात्रै होइन जीवन दर्शन र संस्कार पनि हो भन्ने गणेशमान सिंहले देखाउनुभएको बाटोमा हिँड्नसक्नु उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

उहाँले गणेशमान जस्तो महापुरुषको नाममा स्थापना गरिएको १७५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कले व्यस्थ जीवन शैलीका उपत्यका बासीका लागि स्वच्छ वातावरणमा रम्ने उपयुक्त स्थल बन्नसक्ने बताउनुभयो । उहाँले गणेशमान पार्कलाई नेपालमा आउने पर्यटकहरुलाई नेपालको जानैपर्ने एउटा ठाउँ बनाउने गरी विकास गर्न आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेलले भक्तपुर बासीको लागि गणेशमान सिंहको प्रतिक र पार्क स्थापना गर्नु भाग्यको कुरा भएको बताउनुभयो । उहाँले गणेशमान सिंह पार्कले भक्तपुरको भाग्य कोर्न मद्दत गर्ने बताउनुभयो । उहाँले पार्कले भक्तपुरको पर्यटन विकासलाई महत्वपूर्ण योगदान गर्ने बताउनुभयो । उहाँले भक्तपुर बासीहरुले गणेशमान सिंह पार्क बनाए भनेर चित्त दुखाउने ठाउँ नभएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.