चिकित्सक कुट्ने दुई जनाविरुद्ध किटानी जाहेरी

0

हेटौँडा \  हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालका चिकित्सकमाथि भएको कुटपिट घटना प्रकरणमा दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा नेपाल चिकित्सक सङ्घका तर्फबाट शुक्रबार किटानी जाहेरी दर्ता भएको हो ।

गत साउन २५ गते सन्चो अस्पतालमा उपचारका लागि आएका हेटौँडा उपमहानगरपालिका-१२ का राजेश प्रधानको मृत्यु भएको विषयलाई लिएर एक महिनापछि अस्पतालभित्रै चिकित्सकद्वय विकास थापा र प्रशान्त बिडारीमाथि बुधबार आफन्तबाट कुटपिट भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले चिकित्सक सङ्घका अध्यक्ष डा. अनिल कार्कीबाट किटानी जाहेरी परेको जानकारी दिनुभयो ।

उहाँले दुई जनाविरुद्ध किटानी जाहेरी परेको र अन्यको हकमा सिसिटिभी फुटेजका आधारमा कारबाहीको मागसहित जाहेरी परेको बताउनुभयो । स्वास्थ्यकर्मीको तीव्र दबाबपछि प्रहरीले बिहीबार मृतकका श्रीमती, छोरा, छोरी र भतिजलाई बिहीबार नियन्त्रणमा लिएको छ ।

मृतक छोरा अमित र भतिज अनुपविरुद्ध किटानी जाहेरी परेको जनाइएको छ । प्रहरी प्रवक्ता भण्डारीले घटनाबारे थप जानकारी पछि गराइने बताउनुभयो । साउन २२ गते सन्चो अस्पतालमा उपचारका लागि आएका ४१ वर्षीय प्रदानलाई २३ गते अस्पतालले थप उपचारका लागि चितवनस्थित अस्पतालमा प्रेषण गरेको थियो ।

Leave A Reply

Your email address will not be published.