सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री दाहाल

0

प्रधानमन्त्री पुष्पकमल दाहालले अवैध सुन तस्करीको सम्बन्धमा पूर्वसहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले अवैध सुन तस्करीको सम्बन्धमा सिआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको बताउँदै यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको समेत जानकारी गराउनु भयो । उहाँले शिर्ष राजनीतिक दलहरुबीच यसअघि असोज ५ गतेबाट सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग बनाउने सहमति भएको थियो ।

प्रधानमन्त्री दाहालले नेपाली काँग्रेसका नेता महेन्द्र यादवमाथि भएको सांघातिक खुकुरी प्रहारलाई सरकारले गम्भीर रुपमा लिएको बताउनु भयो । उहाँले आक्रमणकारीलाई प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अघि बढेकोसमेत जानकारी गराउनु भयो । उहाँले यस प्रकारका आक्रमणका घटना दोहोरिन नदिन र शान्ति सुव्यवस्था मिलाउन सरकार दृढ र प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

प्रधानमन्त्री दाहालले कान्ति बाल अस्पतालमा भदौ १८ गते बेलुकी उपचारका लागि भर्ना भएकी मकवानपुर स्थायी ठेगाना भइ हाल कामनपाको बाफल बस्ने पाँच वर्षीय बालिका रेजिशा गोपालीको आकस्मिकमा उपचारका क्रममा मृत्यु भएको सम्बन्धमा पनि सदनलाई जानकारी गराउनु भयो । उहाँले घटनाको छानबिन सम्बन्धमा बनेको तीन सदस्यीय छानबिन समितिको प्रतिवेदनले अस्पतालको आकस्मिक कक्षमा खटिएका जनशक्तिकै भरमा पनि विषयवस्तुप्रति संवेदनशीलता प्रदर्शन हुन नसकेको देखाएको पनि बताउनु भयो ।

प्रधानमन्त्री दाहालले सरकारको तर्फबाट यस्ता घटनामा दोषी पाए कारबाहीको दायरामा ल्याइने तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन थप कदम चालिने विश्वास व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.