प्रम कोइराला जिम्मेवारीबाट मुक्त हुने

0

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री सुशील कोइरालाले संविधानको विद्यमान व्यवस्था र आफ्नो सार्वजनिक प्रतिबद्धता अनुरुप नयाँ प्रधानमन्त्री चयनको संवैधानिक प्रक्रिया अघि बढाउन आफूले राष्ट्रपतिलाई अनुरोध गर्ने जानकारी दिनुभएको छ ।
आजदेखि सुरु भएको व्यवस्थापिका–संसद्को दोस्रो बैठकमा उहाँले संविधानसभाबाट संविधान जारी गर्ने कार्यलाई सबै दृष्टिले मद्दत पु-याउने दायित्व बोकेर आफूले प्रधानमन्त्री पदको जिम्मेवारी सम्हालेको र संविधानको घोषणा भएपछि पदीय जिम्मेवारीबाट मुक्त हुने सार्वजनिक प्रतिबद्धता समेत प्रकट गरिसकेको स्मरण गराउनुभयो ।

Leave A Reply

Your email address will not be published.