ढिस्काले पुरिएर छको मृत्यु

0

धनगढी, १५ असोज । कैलाली जिल्लाको मध्य क्षेत्रमा रहेको दोदधारा गाविस–७ मा माटाको ढिस्कोमा पुरिएर आज छ बालबालिकाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुने सबै दोदधारा गाविस–७ कट्टिपुर गाउँका रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आज साँझ ५ बजेतिर घरबाट माटो लिन गएका तीन बालिकासहित छ बालबालिका माटाको ढिस्को खन्ने क्रममा ढिस्को खस्न गई च्यापिएका थिए । मृत्यु हुनेमा छ वर्षीया ननिता न्यौपाने, दश वर्षीया सीता प्याकुरेल, सात वर्षीय सुशान्त सुनार, छ वर्षीय दीपक प्याकुरेल, नौ वर्षीया मैना सुनार र सात वर्षीय किरण सुनार छन् ।
सीताको घटनास्थलमै र बाँकी पाँच जनाको बौनियाँस्थित बर्दगोरिया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा घाइते भएका ३५ वर्षीया जमुना खतिवडा र ३० वर्षीया रत्ना खतिवडालाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगिएको प्रहरीको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.