राष्ट्रसंघ मूख्यालय अगाडी नेपालीद्वारा प्रदर्शन

0

काठमाडौं, १५ असोज । उपप्रधानमन्त्री प्रकाशमान सिंहले संयुक्त राष्ट्र संघको ७० औं महासभालाई सम्बोधन गर्दै नेपालले सबै खालको विभेद अन्त्य गरी नयाँ संविधान जारी गरेको बताए ।
उनले नेपालको संविधानले संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको, आदिवासी, जनजातिलगायत अल्पसंख्यकको प्रतिधित्व सुनिश्चित गरिएको जिकिर गर्दै नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पु-याउन अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगप्रति आभारसमेत व्यक्त गरे ।
उनले भारतले लगाएको अघोषित नाकाबन्दीका विषयमा भने महासभालाई कुनै जानकारी दिएनन् । उपप्रधानमन्त्री सिंहले भूकम्पका बेला भारतले सहयोग गरेकोमा भने धन्यवाद दिए ।
यसैबीच भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा संयुक्त राष्ट्र संघको मुख्यालय अगाडि प्रदर्शन भएको छ । अमेरिकामा बस्दै आएका नेपालीले न्यूयोर्कमा रहेको राष्ट्र संघको मुख्यालय अगाडि प्रदर्शन गरेका हुन् । राष्ट्र संघको ७० औं महासभालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सम्बोधन गरेका बेला नेपालीहरुले मुख्यालयअगाडि प्रदर्शन गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.