मागेर एक करोड २३ लाखभन्दा बढी सङ्कलन

0

पथरी, १५ असोज । विराटनगर–१३ मा अवस्थित विराटेश्वर वृद्धाश्रमका सञ्चालक जगत अज्र्यालले विगत १२ वर्षदेखि वृद्धाश्रमको सहयोगका लागि मागेर एक करोड २३ लाखभन्दा बढी सङ्कलन गर्नुभएको हो । उहाँले वार्षिकरुपमा रु एक हजार ९२ जनासँग एक लिँदै आउनुभएको छ । त्यस्तै अहिलेसम्म रु चार लाख ७२ हजार ६६५ जना बाट पाँच लिनुभएको छ । उहाँले अझै पनि इच्छुक र सहयोगीसँग एक रुपैयाँ र पाँच रुपैयाँ लिँदै आउनुभएको छ । त्यो मागेको रकमबाट सञ्चालक आज्र्यालले रु ६३ लाखमा वृद्धाश्रमका लागि विराटनगरमा ११ कट्ठा तीन धुर जमिन खरिद गर्नुभयो ।
उहाँले वृद्धाश्रमका लागि ११ कट्ठामा १२ ÷१५ को सातकोठे भवन रु ६० लाखको लागानीमा निर्माण गर्नुभयो । सो वृद्धाश्रममा अहिले ४७ वृद्धवृद्धा बस्दै आएका छन् । त्यस्तै सातजना कामदार र पाँचवटा गाई रहेका छन् । आश्रमका अध्यक्ष जगत अज्र्यालले भन्नुहुन्छ–“काम लाग्ने छोडेपछि वृद्धवृद्धालाई आश्रमतिर ल्याउँछन् । म उहाँहरुको भरणपोषण गरेर बस्छु ।”

Leave A Reply

Your email address will not be published.