वार्ताको वातावरण बनाए आन्दोलन रोकिन्छ : गुप्ता

0

राजविराज, असोज १५ । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले सरकार उदार भए आन्दोलनरत मधेसी दलहरुसँगको वार्ता सार्थक हुने बताएका छन् । मधेसी पत्रकार समाज सप्तरीले राजविराजमा गरेको पत्रकार सम्मेलनमा संयोजक गुप्ताले सरकारले वार्ताको वातावरण बनाए आन्दोलन पनि रोकिने बताए । उनले मधेसको मुक्तिका लागि भएको आन्दोलनलाई तीन दलका शीर्ष नेताले गम्भीरतापूर्वक नलिए देश गम्भीर मोडमा पुग्ने चेतावनी दिए । जारी आन्दोलनलाई सार्थक वार्ताका माध्यमबाट टुंगो लगाउनुपर्ने उनको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.