सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

0

काठमाडौँ \  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ ।

लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ । उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ ।

यसअघि भदौ १० गते नै उक्त मुद्दाको अन्तिम सुनुवाइ भनिए पनि हेर्न नभ्याइनेमा परेको थियो । भदौ १० गतेको पेशीमा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याउनेमा परेपछि भदौ २१ गतेका लागि पेसी तोकिएको थियो ।

भदौ १० गतेको पेसीमा हेर्न नभ्याउने भई २१ गतेका लागि पेसी तोकिएपछि लामिछाने भदौ ११ गते नै एसिया कप खेल्न पाकिस्तान गएका थिए ।

Leave A Reply

Your email address will not be published.