राष्ट्रपति पौडेलद्वारा पाटनस्थित कृष्ण मन्दिरमा पूजा एवं दर्शन

0

ललितपुर \ राष्ट्रपति रामचन्द्र पौडेलले आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गर्नुभएको छ ।

प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सो अवसरमा राष्ट्रपति पौडेलल मन्दिरका पुजारीबाट फूल एवम् प्रसाद ग्रहण गर्नुभएको थियो । पौडेललाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन लगायतले स्वागत गरेका थिए । कृष्णमन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको थियो ।

१७ औं शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण सो मन्दिर निर्माण भएको थियो । द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा आजको दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

Leave A Reply

Your email address will not be published.