प्रमोद खरेल बेल्जियम आउँदै, सेप्टेम्बर ११ तारिख गेन्टमा भब्य सांस्कृतिक कार्यक्रम हुने,

0

पर्बत समाज बेल्जियम र पुरी फाउन्डेसनले संयुक्त रुपमा नेपालका चर्चित गायक प्रमोद खरेलको सांगितिक साँझ आयोजना गर्ने भएकाछन । नेपालमा अनाथ बालबालिकालाई सहयोग गर्ने उद्यस्यले आयोजना गरिन लागेको सांगितिक कार्यक्रममा गायक खरेल संगै स्थानीय गायक लाहुरे कान्छा र बज्र ब्यान्डको प्रस्तुति रहनेछ , मनोरन्जनका लागि स्थानीय कलाकारहरुले न्रित्य पनि प्रस्तुत गर्नेछन ।

कार्यक्रममा लागेको खर्च कटाएर बचेँको रकम अनाथ बालबालिकाहरुको शिक्षा आर्जनमा सहयोग गरिनेछ । पर्बत समाज बेल्जियमले स्थापना गर्न लागेको अक्षयकोषमा रकम जम्मा गरेर त्यसबाट प्राप्त ब्याज रकमले हरेक बर्ष अनाथ बालबालिकाहरुलाई सहयोग गर्ने समाजका अध्यक्ष नन्दा गुरुङ ( दुर्गा) ले बताउनु भएकोछ ।

सेप्टेम्बर एघार तारिख गेन्टमा हुने कार्यक्रममा आफ्नो प्रस्तुतिका लागि गायक प्रमोद खरेल युरोप आईसकेकाछन । मनोरन्जन संगै नेपाली गीत संगीतको प्रबर्धन हुने र परोपकारी काम भएकोले यस कार्यक्रमलाई बिभिन्न ब्यक्तिहरुले सहप्रयोजन गर्नु भएकोछ ।

कार्यक्रममा गेन्ट जानको लागि एन्टवेरपेनबाट बसको ब्यबस्था गरिएकोछ भने अन्य स्थानबाट आबस्यक भए यातायातको ब्यबस्था गरिने आयोजकले जनाएकाछन । परोपकारी अभियानका लागि बेल्जियममा दर्ता भएको पुरी फाउन्डेशन र लामो समयबाट सामाजिक र परोपकारी काम गरी रहेको पर्बत समाज बेल्जियमले संयुक्त आयोजना गरेको कार्यक्रमको सबै तयारी पुरा भएको उनिहरुले जानकारी गराएकाछन ।

Leave A Reply

Your email address will not be published.