राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

0

काठमाडौँ \  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.