बागमतीमा २५ किलोमिटर र्‍याफ्टिङ गरिने

0

काठमाडौं \  र्‍याफ्टिङ खेल प्रवद्र्धन गर्ने तथा बागमती नदीलाई स्वच्छ राख्ने उद्देश्यले वागमतीमा र्‍याफ्टिङ र्‍याली हुने भएको छ । जिल्ला समन्वयन समिति, काठमाडौंको आयोजना तथा नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा आगामी शनिबार एक दिने र्‍याफ्टिङ हुन लागेको हो ।

जिल्ला समन्वयन समिति काठमाडौंले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै सबै स्थानीय निकायको सहकार्यमा हामी सँगसँगै सहकार्य गरौं भन्ने नारा लिएर ऐतिहासिक बागमति नदिमा र्‍याफ्टिङ र्‍याली गर्ने जानकारी दिएको हो । गोकर्णेश्वर नगरपालिकास्थित सुन्दरीजलदेखि सुरु भएको र्‍याफ्टिङ कीर्तिपुर नगरपालिकाको चोभार पुगेर समापन हुने छ ।

जिल्ला समन्वयन समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले काठमाडौं जिल्लाभित्र रहेको काठमाडौं महानगरपालिकासहित दश वटै स्थानीय निकायले बागमती सभ्यतालाई जोगाउने अभियानमा साथ दिने बताए । कुल ४५ वटा डुङ्गाले सुन्दरजलदेखि चोभारसम्म २५ किलोमिटरको दूरी पार गर्ने छ । प्रत्येक ढुङ्गामा एउटा गाइडसहित जनप्रतिनिधि र स्थानीय गरी छ जना हुने नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिए ।

बिहान साढे ७ बजेदेखि शुरु भएको यात्रा साँझ साढे ५ बजेसम्म सञ्चालनमा हुने छ । यस अवधिमा सुन्दरीजलबाट उत्तर गयासम्म ८ किलोमिटर यात्रा गरेपछि पहिलो चेक पोइन्ट अन्त्य हुने छ । त्यसपछि उत्तर गयाबाट गोकर्णेश्वर मन्दिरसम्म पाँच किलोमिटर र्‍याफ्टिङ हुने छ । सोही मन्दिरबाट एल्लो ब्रिजसम्म चार किलोमिटरको यात्रा गरेपछि तेस्रो चेक पोइन्ट सकिने छ ।

Leave A Reply

Your email address will not be published.