सुन तस्करि प्रकरणमा पक्राउ परे महरा,

0

त्रिभुबन अन्तरराष्ट्रिय बिमानस्थलबाट भएको सुन तस्करि प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधवार दिउसो नियन्त्रणमा लिएको एसपी नवराज अधिकारीले जानकारी गराएकाछन,
केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका मुख्य योजनाकार भएको भनेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

अनुसन्धान प्रतिवेदनमा महरा बाबुछोराको सन्लग्नता किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । माओवादी पार्टीको सरकार भएकोले अनुसन्धान नभएको भन्दै सार्वजनिक रुपमा विरोध भइरहेको थियो ।

गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीकै अनुसन्धानमा प्रमाणित भै सोही अनुसारको रिपोर्ट सरकारलाई बुझाईएको थियो । तर सुन तस्करि प्रकरणमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा चलाएको थिएन ।

जन दबाब ब्यापक भए पछि उनलाई पक्राउ गरिएको हो । महराको बायन जारि रहेकोछ ।

महराले भने आँफै प्रहरिकोमा उपस्थित भएको बयान दिएकाछन ।

 

 

Leave A Reply

Your email address will not be published.