लन्डनमा तीन दिवसीय ओशो ध्यान शिबिर सम्पन्न

0

लन्डन – काठमाण्डूस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले बेलायतमा आवासीय ध्यान शिविर संचालन गरेका छन्।
स्वामी अर्हतले यही २६ देखि २८ अगष्टमा लन्डन नजिकै मेडेनहेडमा तीन दिवसीय ध्यान शिविर सन्चालन गरेका थिए । उनले शिविरमा ओशोले शुरुवात गर्नु भएको डाइनामिक, कुण्डलिनी, चक्र साउण्ड लगायतका ध्यानहरू गराएका थिए। शिविरमा ५० बढी साधक, साधिकाहरुको सहभागिता रहेको थियो।

स्वामी अर्हतले साधक साधिकाहरुलाई खाना, व्यायाम, आराम, स्वस्थ वातावरण, नियमित सामाजिक सम्पर्क र संतुलित जीवन यापन गर्न सुझाव दिए। उनले हरेक दिन बिहान उठेर कम्तीमा ५ मिनट छिटो छिटो स्वाश बाहिर फ्यांक्न र स्वासप्रश्वास प्रक्रियालाई हेर्न पनि उनले सुझाव दिए।

“हामीले खाना किन्न सक्छौं, भोक किन्न सक्दैनौं, बेड किन्न सक्छौं, निन्द्रा किन्न सक्दैनौं। त्यसैले संतुलित जीवनयापन गर्नुको विकल्प छैन,” उनले भने। उनले सन्तुलित जीबन यापनका लागि ओशो द्वारा प्रतिपादित ध्यान बिधिहरु आजको समयमा अति सान्धर्भिक रहेको साधकहरुको अनुभब सुनाए ।

स्कटल्याण्डमा ध्यान शिविर संचालन गरिंदै

यसैगरी स्वामी अर्हतले आउँदो सप्ताहान्तमा एडिनबरा र एबरडिनमा पनि ध्यान शिविर संचालन गर्न लागेका छन्।
स्वामी अर्हतले शनिबार, २ सेप्टेम्बरमा नेप्लीज हिमालयन एसोसियशन स्कटल्याण्डद्वारा Bridge of Don, Balgownie Road, Aberdeen AB22 8GU (NHAS Hall) मा आयोजित कार्यक्रममा बिहान ८ बजेदेखि अपरान्ह १ बजे सम्म ध्यान शिविर संचालन गर्ने छन्।

त्यस्तै उनले आइबार, ३ सेप्टेम्बरमा द हिमालयन सेन्टर 121 Great Junction Street, Edinburgh EH6 5LD मा बिहान ९ बजेदेखि अपरान्ह १ बजेसम्म ध्यान शिविर संचालन गर्ने आयोजकहरुले जानकारी दिएका छन् ।

आयोजक ओशो आनन्दबोधी मेडिटेशन सेन्टर युकेका संयोजक स्वामी ध्यान शंकरले स्कटल्याण्डमा बसोबास गर्ने सबै मित्रहरुलाई उक्त शिविरहरुमा भाग लिएर लाभान्वित हुन आग्रह गरेका छन्।

यस अघि स्वामी अर्हतले लन्डन ह्यारोस्थित अन्तर्राष्ट्रिय सिद्धाश्रम शक्ति केन्द्र तथा फाल्कनउडस्थित ह्यारिस एकेडेमीमा पनि ध्यान सत्रहरु संचालन गरेका थिए।

 

Leave A Reply

Your email address will not be published.