युरोपका प्रगतिशिल संगठनहरुको नेपालको समाजवादी मोर्चाको अभियानमा एक्यबद्धता

0

नेपालमा बढ्दै गइरहेको राजनैतिक, आर्थिक, सामाजिक अन्तरविरोधहरुको अन्त्य गर्नको लागि समाजवादी व्यवस्था स्थापनाको उद्द्यस्यले बनेको समाजवादी मोर्चा नेपालको निर्माण र यसको नेतृत्वमा हुने समाजवाद केन्द्रित आन्दोलनलाई युरोपका प्रगतिशिल संगठनहरुले समर्थन जनाएकाछन ।

नेपाली जन प्रगतिशिल मोर्चा युरोप र नेपाली जन प्रगतिशिल मंच युरोपले हिजो २५ अगस्तमा एक बिज्ञप्ति जारी गर्दै पुजिबादि ब्यबस्थाले विश्वमा द्वन्द बढ्दै गएको र शक्तिशालिहरुले निमुखाहरुलाई शोषन गर्ने अनेक तन्त्रको बिकास भएकोले समाजबादी आन्दोलन आबस्यक भएको बताएकाछन ।

अमेरिकाको एकल नेत्रित्वमा रहेको साम्राज्यवादी ब्यबस्था कामजोर हुँदै गएको र चीन,भारत जस्ता देशहरु शक्तिशाली हुँदै गएको अबस्थामा विश्व ध्रुविकृत भएकोले सोही अनुरुप उनीहरुले नेपाललाई प्रयोग गर्न प्रयास भएकोमा सचेत हुनु पर्ने बताईएको छ ।

विश्वका प्रभावशाली अर्थतन्त्र भएका चिन र भारत वीचको अन्तरविरोधमा पसेर एशियामा आफ्नो प्रभाव कायम राख्ने अमेरिकी योजनालाई हामीले समयमै पहिचान गरेर रोक्न पर्दछ । नेपालको हित हुने अमेरिकी आर्थिक योजनाहरुलाई हामीले स्वागत गर्नुपर्छ तर उसको राजनैतिक सामरिक महत्व सहितको योजनाहरुलाई प्रवेश दिन नहुने सुझाब बिज्ञप्तिमा उल्लेख छ ।

लिपुलेक लिम्पियाधुरा काललापानी लगायत सिमावर्ती क्षेत्रमा भारतले मिचेको नेपाली भुभाग फिर्ता लिन र नेपालको व्यापार व्यावसायमा भारतको निर्भरता काम गर्न र नेपालको आफ्नो उत्पादनलाई प्रबर्धन गर्न आब्ह्वान गरिएकोछ । देशमा आत्मनिर्भर उत्पादन प्रणाली विकास गरेर पुजिबादि बिस्तारलाई रोक्नु पर्ने र भ्रष्टाचार नियन्त्रण गरिनु पर्ने उक्त संगठनहरुले माग गरेकाछन ।

सरकारले चालेका भ्रष्टाचार विरोधी अभियानलाइ साथ र समर्थन गर्दै जनहित र सामाजिक न्यायका कामहरु द्रुत गतिमा बढाउन हामी आहन गर्दछौं भनिएकोछ । वर्तमान व्यवस्थामा जनहितका काम गर्न अति कठिन् हुने भएकोले समाजवादी गणतन्त्रको स्थापनालाई मुख्य लक्ष बाइनु पर्ने उनिहरुको माग रहेकोछ ।

नेपाली जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष बदन योङ्हाङ र नेपाली जन प्रगतिशिल मंचका कार्यबाहक अध्यक्ष रण बहादुर खाति क्षेत्रीले हस्ताक्षर गरेको बिज्ञप्तिमा नेपालको समाजबादी मोर्चाको अभियानमा एक्यबद्धता जनाइएकोछ ।

Leave A Reply

Your email address will not be published.