टेलिकमले गुणस्तरीयतामा ध्यान दिनुपर्छ : सञ्चारमन्त्री शर्मा

0

प्यूठान \ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमले प्रदान गर्ने सेवाको गुणस्तरीयता कायम गर्न ध्यान दिनुपर्ने बताउनुभएको छ । गुणस्तरीयतासँगै सेवाबृद्धिमा पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

प्यूठानको माण्डवी –३, जसपुरमा  नेपाल टेलिकमको एफटीटीएच तथा ल्यान्ड्लाइन सेवाको उदघाटन गर्दै मन्त्री  शर्माले सरकारले जनताको सेवा प्रवाहलाई सहज बनाउने नीतिलाई प्राथमिकतामा राखेकाले टेलिकमको सेवा प्रवाह पनि सहज हुनुपर्ने उहाँको भनाइ छ ।

नेपाल टेलिकमले समयसापेक्ष सेवालाई विविधीकरण गर्दै सहज बनाउने उहाँको भनाइ छ । टेलिकमको सेवा सुधार र पूर्वाधार निर्माणमा सरकारका तर्फबाट आफुले पहल गर्ने बताउँदै मन्त्री शर्माले एफटीटीएच क्षमतालाई आधार मानेर  यो वर्ष ३ लाख सेवा थप गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो ।

कार्यक्रमको अबसरमा बोल्दै माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीले सञ्चार सेवा जनताको अधिकार भएको बताउँदै टेलिकमको सेवा नपुगेका स्थानमा सेवा सुचारु गर्न र सेवा प्रभावकारी बनाउन मन्त्री शर्मा र टेलिकमका कर्मचारीसँग आग्रह गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.