भ्रष्टाचार र तस्करीविरुद्धको अभियान रोकिँदैन : प्रधानमन्त्री प्रचण्ड

0

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र तस्करीविरुद्धको अभियान नरोकिने बताउनुभएको छ । आइतवार समाजवादी मोर्चामा आवद्ध पार्टी निकटका विद्यार्थी संगठनहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार र तस्करीकाबिरुद्ध देहाद छेड्ने क्रम नरोकिने बताउनुभएको हो ।

उहाँले सरकारले भ्रष्टाचार, तस्करी, राज्यको सम्पत्ति दोहन, शोषण र बेथितिहरुका बिरुद्धमा जेहाद छेडिरहेको बताउनु भयो । यहाँले सरकारको यो कदम निरन्तर अगाडि बढ्ने स्पष्ट पार्नुभयो । उहाँले आगामी दिनमा भ्रष्टाचारका अरु फाइलहरु पनि खुल्दै जाने बताउनु भयो । प्रधानमन्त्री दाहालले सरकारले थालेको यस लडाइँमा आम जनताको पनि साथ आवश्यक भएको भन्दै साथ दिन आग्रह पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘जसरी अहिले भ्रष्टाचार बिरोधी या राज्यका सम्पत्ति व्यक्तिले दोहन गर्ने, शोषण गर्ने जो बेथितिका बिरुद्ध या तस्करीका विरुद्ध एउटा जेहाद छेडिएकै छ । म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु, यो कदम यहीँ रोकिनेवाला छैन । यो कदम निरन्तर अगाडि बढ्नेवाला छ ।

नेपाल राष्ट्रको एकताको निम्ति, समाजवादको आधार निर्माणको निम्ति, सामाजिक न्यायको निम्ति, समृद्धि र विकासको निम्ति यो लडाइँ नेपाली जनताले जित्नैपर्दछ । यो लडाइँ नजितेसम्म हामीले परिकल्पना गरेको, हामीले सपना देखेको समाजवादको आधार तयार हुनै सक्दैन । त्यसकारण यो कुनै आवेगको कुरा होइन । यो कुनै राजनीतिक स्टन्टको कुरा पनि होइन ।’’

Leave A Reply

Your email address will not be published.