एनआरएनए दक्षिण कोरिया अध्यक्षमा बुद्धि गुरुङ निर्बाचित

0

गैरआवासीय नेपाली संघ(एनआरएनए) दक्षिण कोरियाको अध्यक्षमा बुद्धि गुरुङ निर्वाचित भएका छन्। एनआरएनए कोरियाको आगामी कार्यकालका लागि आईतवार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार अध्यक्षमा बुद्धि गुरुङ तथा महासचिवमा डा. केशव थापा निर्वाचित भएका हुन ।
वरिष्ठ उपाध्यक्षमा पार्वती मोक्तान,  उपाध्यक्षमा तारा पुन मगर, हरि प्रसाद भट्टराई र सुनिल कंदङ्वा निर्बाचित भएका छन।

त्यसै गरी महिला उपाध्यक्षमा आरती ह्योल्मो, महासचिव:डा.केशव थापा, युवा संयोजक युविन श्रेष्ठ , कोषाध्यक्ष: भक्त बहादुर गुरुङ, कोषाध्यक्ष विष्णु बुढाथोकी, सचिव पुस्कर बुढाथोकी, कमल भण्डारी, महिला संयोजक निला राई, सदस्य हरुमा सपना शाह , बिष्णु बहादुर रखाल, बिष्णु रेग्मी,मङल प्रसाद योङ्हाङ, सुदन जुहाअर्चन, सपना अधिकारी, गंगा राजन मगर निर्वाचित भएकाछन ।

एनआरएनए कोरियाको नयाँ कार्यसमितिका लागि विभिन्न २४ पदका लागि अनलाइन भोटिङ मार्फत गरिएको निर्वाचन मा बिभिन्न २४ पदमा ४४ जनाले उम्मेद्बारी दिएका थिए। केही पद भने निर्बिरोध निर्बाचित भैसकेकाछन ।

जम्मा ४ हजार ४ सय ५८ मतदाता रहेको निर्वाचनमा ८४.४८ अर्थात ३ हजार ७ सय ६६ मत खसेको थियो।

Leave A Reply

Your email address will not be published.