नेपालमै उपचार गर्न स्वास्थ्यमन्त्री बस्नेतको आग्रह

0

काठमाडौं \ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अति विशिष्ट र विशिष्ट व्यक्तिलाई बिरामी परे नेपालमै उपचार गर्न आग्रह गर्नुभएको छ।

वीर अस्पतालको १३४ औं वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्नुहुँदै मन्त्री बस्नेतले वीर अस्पतालमा पाँच श्य्याको भिभिआईपी र भिआईपी वार्ड सच्चालनमा आएको भन्दै यस्तो आग्रह गर्नुभएको हो। नेपालमानै गुणस्तरीय सेवा हुँदाहुँदै पनि अस्पतालमा भएका वार्ड २०४४ सालदेखि सञ्चालनमा नआएको उहाँले गुनासो गर्नुभयो।

मन्त्री बस्नेतको पहलमा अस्पताल एउटा भिभिआईपी र दुईवटा भिआईपी कक्ष थपेर पाँच वटा शय्याको वार्ड सञ्चालनमा ल्याएको छ ।उक्त वार्ड सञ्चालनका लगि अस्पतालले १५ जना विशेषज्ञ चिकित्सकको टोली र नर्सिङ जनशक्ति छुट्याएको छ।

भिभिआईपी र भिआईपी बिरामी परेमा वीर अस्पताल वा स्वास्थ्य मन्त्रालयका सम्पर्क गर्न मन्त्री बस्नेतले अनुरोध गर्नुभयो।उहाँले भन्नुभयो, “दुर्गममा सिटामोल खाने पैसा नहुने र नेपालमानै गुणस्तरीय सेवा हुँदाहुँदै पनि भिभिआईपी र भिआईपीहरु सामान्य उपचार गर्न पनि विदेश गएर  देशको ढुकुटी खतम बनाउने भन्ने जनतामा आक्रोश छ।त्यसमा ध्यानमा राखेर वीरमा सेवा विस्तार गरेका हौँ ।”

वीर अस्पतालमा सयौं विशेषज्ञ दक्ष जनशक्ति भएको भन्दै विश्वमा हरेक कुनामा हुने स्वास्थ्य सेवा नेपालमानै सम्भव भएको मन्त्री बस्नेतले जिकिर गर्नुभयो।यदि भिभिआईपी र भिआईपीले नेपालमा नै सेवा लिएमा अस्पतालमा भएको गुणस्तरीय सेवा र दक्ष जनशक्ति नेपालको सीप संसारले थाहा पाउने मन्त्री बस्नेतले विश्वास व्यक्त गर्नुभयो।

Leave A Reply

Your email address will not be published.