ओस्टेन्डेमा नेपाली व्यवसायी संघ बेल्जियमले भेटघाट र अन्तरक्रिया गर्ने

0

नेपाली व्यवसायी संघ बेल्जियमले बेल्जियमका बिभिन्न शहरमा स्थानीय व्यवसायीहरु सँग अन्तर्कृया तथा भेटघाट गर्ने भएकोछ । स्थानीय व्यवसायीहरुले भोगेका समस्या र समाधानका उपाय पहिल्याउने, आर्जन गरेको अनुभव साझा गर्ने र आगामी कार्ययोजनाका लागि तथ्यांक संकलन गर्ने उद्देस्यले पहिलो पटक ओस्टेन्डेबाट कार्यक्रम सुरु गर्न लागेको नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष चिरन कुमार खवासजे जानकारी गराउनु भएको छ ।

उक्त अवसरमा ओस्तेन्डे क्षेत्रका अग्रजहरु र सामाजिक संघ संस्था आवद्ध व्यक्तिहरु सँग पनि अन्तर्कृया हुनेछ । आगामी सोमबार ३१ जुलाई ओस्टेन्डेमा हुने ‘मिट एन्ड ग्रिट’ कार्यक्रमलाई नेपाली समाज ओस्टेन्डेको संयोजनमा VRIJHEID STRAAT- 38 ओस्टेन्डेमा साँझ ५ बजे बाट गर्न लागिएको पनि नेपाली व्यवसायी संघ बेल्जियमले जनाएकोछ ।

नेपाली व्यवसायी संघ बेल्जियमले बेल्जियममा व्यापार व्यवसाय गर्ने नेपालीहरुलाई व्यवसायिक जानकारी, सीपमुलक तालिम र गोष्ठीहरु आयोजना गर्ने गरेकोछ । सोही अभियान अन्तरगत स्थानीय व्यवसायी एंव व्यवसाय सुरु गर्न इच्छुकहरु सँग अन्तरक्रिया र सुझाव संकलन गर्न लागिएको हो ।

 

 

Leave A Reply

Your email address will not be published.