महामन्त्री शर्माद्वारा बैठकमा सुझावसहितको प्रतिवेदन पेस

0

काठमाडौं \ नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले साउन २ गतेदेखि सुरु भएको बैठकमा प्राप्त सुझावहरुसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

सानेपास्थित बीपी स्मृति भवन, केन्द्रीय कार्यालयमा जारी बैठकमा उहाँले आज बैठकको अन्तिम दिन भएकाले लामो छलफल पश्चात् प्राप्त सुझावलाई संलग्न गरेर आवश्यकताअनुरुप कतिपय सुझावलाई केन्द्रीय कार्यालयले कार्यान्वयन गर्नेगरी सुझाव प्रस्तुत गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “केन्द्रीय कार्य समितिको यो बैठकको अन्तिम दिन हो । स्वदेश र विदेशबाट यो अवधिको छलफलबाट के कस्तो निर्णय गरेको छ भनेर चासो राखेर हेर्नुभएको छ । सबैमा हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु ।” बैठकको अन्तिम दिन लामो छलफल पश्चात् प्राप्त सुझावलाई संलग्न गरेर आवश्यकताअनुसार कतिपय प्रस्तावलाई केन्द्रीय कार्यालयले कार्यान्वयन गर्नेगरी सुझाव प्रस्तुत भएको उहाँको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.