इटलीबासी नेपालीहरुका समस्या बुझ्ने मौका पाए, छिट्टै समाधान गर्नेछु – प्रधानमन्त्री प्रचन्ड

0

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताउनु भएकोछ । गैरआवासीय नेपाली संघ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा बुधबार इटालीको रोममा आयोजित कार्यक्रममा उहाले भ्रष्टाचार र बेथितिका विरुद्धमा सरकारले कडा कदम चालेकोले जनबिश्वास बढेको बताउनुभयो ।

आफुले कार्यभार सम्हाले लगत्तै जनजीबिकाका सवालमा ध्यान दिएको र नागरिकता, राहादानी , सवारि अनुमतिपत्र,लगायतका बिषयलाई सहज बनाएको र अर्थतन्त्रको सुधारका लागि अहोरात्र खटेर काम गरिरहेको जानकारी दिनुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरण र ललितानिवास प्रकरणमा सरकार दोसिलाई सजाय दिलाउन कडाइका साथ लाग्ने बताउदै नेपालमा थुप्रिएको बेथिति र विसंगतिका चाङ अन्त्य गर्ने विषय रातारात एक जनाले चाहँदैमा भइहाल्ने अवस्था नरहेकोले सबैले साथ दिन पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री प्रचन्डले नेपाली सामाग्रीको निर्यात, मौसमी कामदार इटाली ल्याउन सम्झौता लगायत इटलीबासि नेपालीका समस्या समाधान गर्ने विश्वाश दिलाउनु भयो ।

एनआरएनए इटलीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा नेपाल सरकारका कृषिमन्त्री तथा पशुपक्षी बिकासमन्त्री बेदुराम भुषाल,पररास्ट्र सचिब भरत राज पौडेल ,अस्ट्रियाका लागि नेपाली राजदुत भरत कुमार रेग्मी,इटलिका लागि अबैतनिक बाणिज्यदुत पाउलो नुगारी, प्रधानमन्त्री प्रचन्ड पुत्री गंगा दाहाल र स्वकिय सचिब रमेश मल्लको उपस्थित रहेको थियो ।

एनआरएनए इटलीका अध्यक्ष छबिलाल कंडेलले प्रधानमन्त्री प्रचन्ड लगायत उपस्थित पहुनाहरुलाई इटलीबासि नेपालीहरु सँग अन्तर्कृया गरी इमिग्रेशन, राहदानी प्राप्तिका लागि घुम्तिसेवाको ब्यबस्था र बैदेशिक रोजगारिमा रहेका नेपालीहरुको लागि सामाजिक सुरक्षाकोष को ब्यबस्था, एनआरएन नागरिकताको बिद्ययक पारीत गर्न र बिभाजित एनआरएनए लाई एक बनाउन सहयोग गर्नु भएकोमा धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.