कांग्रेस सांसद सुनिल शर्माले मागे गृह र अर्थमन्त्रीको राजीनामा

0

कामाडौं \  नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नु भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग्नु भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट झण्डै एक क्वीन्टल सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ परेको र मुख्य दोषी पक्राउ गर्न नसकेको भन्दै दुबैजना मन्त्रीको सांसद शर्माले राजीनामा माग गर्नुभएको हो ।

साउन ३ गते राजश्व अनुसन्धान बिभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गरेको सो परिमाणको सुन बरामद गरेको थियो । प्रमुख बिपक्षी दल नेकपा एमाले लगायतका दलहरुले पनि सरकारको जवाफ माग गरेका छन् ।

Leave A Reply

Your email address will not be published.