गैर आबासिय नेपाली संघ इटलीको अध्यक्षमा भाबेश सिंह,

0

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद इटलीको २०२३–२०२५ को अध्यक्षमा भाबेश सिंह निर्बिरोध निर्बाचित हुनु भएकोछ ।

उपाध्यक्षमा केशव गुरुङ र देवानन्द बराल, महासचिव अशोक उप्रेती सचिव, गोपाल मान श्रेष्ठ, सह-सचिव जीत बन्जारा, कोषाध्यक्ष दिर्घा थापा, सह-कोषाध्यक्ष बिना मंग्राती, युवा संयोजक हरि श्रेष्ठ, महिला संयोजक शिवा पाठक सदस्यहरू दिल बहादुर खत्री, लक्ष्मी उप्रेती, सागर कार्की लगायत कार्यसमिति निर्बिरोध निर्बाचित भएकोछ ।

निर्वाचन समितीले दिएको जानकारी अनुसार गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इटालीको २०२३–२५ कार्यकालका निम्ती चयन् हुने कार्यसमितीका लागि उम्मेद्बारी आव्हान गरिए बमोजिम उम्मेदवारी मनोनयन पत्र दर्ता, उम्मेदवारी मनोनयन पत्र माथि दाबी बिरोध र उम्मेदवारी फिर्ता लिने अबधि सौहाद्र रुपमा मिति २४ जुलाई २०२३ को २१ः ०० बजे सकिएको र निर्वाचन समितिमा समयभित्र उम्मेद्बारीको प्रारम्भिक नामावली उपर कुनै पनि दाबी बिरोधको उजुरी दर्ता नभएकोले,  आह्वान गरिएको कुनै पनि पदमा एक जना भन्दा बढीको उम्मेदवारी नपरेकोले उम्मेदवारी दिएका उम्मेदवारहरु निर्बिरोध निर्बाचित भएका हुन् ।

इटलीबाट प्रतिनिधित्व गर्ने आइसिसी सदस्यमा छबिलाल कंडेल सर्बसम्मत चयन हुनुभएकोछ ।

Leave A Reply

Your email address will not be published.