एनआरएनए बेल्जियमको सामाजिक एकता र सद्भावका कार्ययोजना ल्याउने प्रतिवद्धता

0

गैर आवासीय नेपाली संघ बेल्जियमले सामाजिक एकता र सद्भावना बढाउने गरि कार्ययोजना ल्याउने संकल्प प्रस्ताव पारित गरेकोछ । सोमबार भएको एनसीसी बेल्जियमको पहिलो बैठकले बेल्जियमको नेपाली समुदायका संघ संस्थाहरु सँग सहकार्य गरेर नेपाल र नेपाली समाजको एकतालाई मजबुत बनाउने निर्णय गरेकोछ ।

नवनिर्वाचित महासचिव रुबिना शर्माले पठाएका  तीन बुँदे निर्णयमा बैठकले आपत्कालीन राहतकोष स्थापनाका लागि एक अक्षयकोष स्थापना गर्ने निर्णय पनि गरेकोछ । निकट भविष्यमा कार्यविधि बनाएर समुदायको सुझाव सहित राहतकोष स्थापनाको योजना अगाडि बढाउने एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटाले जानकारी गराउनु भएकोछ । साथै निवर्तमान समितिलाई संगठनको ९ औ महाधिवेशन र निर्वाचन सफलता पूर्वक संचालन गरेकोमा धन्यवाद प्रस्ताव पारित गरेको छ ।

निवर्तमान कार्यसमितिले नव निर्वाचित कार्यसमितिलाई बुझ बुझारथ गर्न आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष खड्क बहादुर केसीले नवनिर्वाचित अध्यक्ष सीता सापकोटालाई संस्थाको विधान र प्रगति विवरण, कोषाध्यक्ष लोकेन्द्र नेपालले, नवनिर्वाचित कोषाध्यक्ष अजित तुलाचनलाई नगद मौज्दात र बैक खाताको अख्तियारी एंव महासचिव रमेश कंडेलले नवनिर्वाचित महासचिव रुबिना शर्मालाई संगठनका माइन्युट र अन्य कागजात हस्तान्तरण गर्नु भयो ।

संस्थाको बैंक खातामा ४३४२२.१८ युरो र महिला र युवा खाताको रकम एंव ६८३५.८८ नगद सहित ५१२४७,८८ जम्मा कोष रहेको कोषाध्यक्षको आर्थिक विवरणमा जनाइएकोछ ।

बुझबुझारथ कार्यक्रममा एनआरएनएका केन्द्रीय सचिव गंगाधर गौतम, निर्वाचन समितिका सदस्य सचिव विनोद न्यौपाने लगायत निवर्तमान एंव नवनिर्वाचित कार्यसमितिका  पदाधिकारी र अन्य संघ संस्थाका प्रतिनिधि तथा पत्रकारहरु उपस्थित हुनुहुन्थ्यो ।

बुझबुझारथ कार्यक्रमको संचालन निवर्तमान महासचिव रमेश कंडेल र अध्यक्षता निवर्तमान अध्यक्ष खड्का बहादुर केसी एंव बैठकको संचालन नवनिर्वाचित महासचिव रुबिना शर्मा र अध्यक्षता नवनिर्वाचित अध्यक्ष सीता सापकोटाले  गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.