प्रतिनिधि सभा बैठक आज बस्दै

0

काठमाडौं \  सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुनेछ ।

त्यस्तै, सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा बढेर सुनाउनुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले नेपाल सरकार, मन्त्रिपरिषदको निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा २ बमोजिम सदन समक्ष पेश गर्नुहुने कार्यसूची रहेको जानकारी दिनुभयो ।

त्यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले राष्ट्रिय सभामा उत्पति भएको ‘‘नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

Leave A Reply

Your email address will not be published.