कोशी प्रदेश सरकार गठन विवादको रिट हेर्दाहेर्दैमा

0

काठमाडौं \  कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदन हेर्दाहेर्दैमा राखिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आन्नदमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा बहस नसकिएपछि रिट निवेदन हेर्दाहेर्दैमा राखिएको हो ।

सोमबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदनमाथिको सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सरकार गठनका लागि चाहिने बहुमतका लागि हस्ताक्षर गरेका कारण कोशी सरकारविरुद्ध मुद्दा परेको हो भने सर्वोच्चले कुनै पनि दीर्घकालीन प्रभावका निर्णय नगर्न यस अघि नै अन्तरिम आदेश दिएको छ ।

कोशी प्रदेशका सभामुख गौतमले कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकार गठनका लागि चाहिने बहुमतको संख्या पु¥याउन हस्ताक्षर गरेका कारण कोशी सरकारविरुद्ध मुद्दा परेको हो । कोशी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दलको रुपमा छ ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले थापा सरकार बिरुद्ध सर्वाेच्चमा गत असार २२ मा रिट निवेदन दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.