गैर आवासीय नेपाली संघ स्पेनको अध्यक्षमा पेसल कुमार कोइराला

0

गैर आवासीय नेपाली संघ स्पेनको अध्यक्षमा पेसल कुमार कोइराला निर्विरोध निर्वाचित हुनु भएकोछ । अध्यक्ष पदमा कोइराला एक जनाको मात्र उम्मेद्बारी परेकोले उहा आगामी कार्यकालका लागि एनआरएनए स्पेनको अध्यक्ष निर्वाचित हुनु भएको हो ।

यसको औपचारिक घोषणा भने आगामी आईतबार  ३० जुलाईमा हुने संघको आठौ महाधिवेशनमा गरिनेछ । अध्यक्ष लगायत अन्य सबै पदहरु सहमतिमा निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक प्रकाश तिमील्सिनाले जानकारी गराउनु भएको छ ।

जस अनुसार वरिष्ठ उपाध्यक्षमा रोशन पाठक, उपाध्यक्षमा नारायण भट्टराई र राम प्रशाद दाहाल,महिला उपाध्यक्षमा कमला बराल, उपाध्यक्ष क्षेत्रमा सुरेन्द्र भुजेल थापा, महासचिवमा सुन्दर रानाभाट, उपमहासचिव केशब राज कंडेल,सचिवमा नवीन घिमेरे र राजेन्द्र प्रसाद काफ्ले, क्षेत्रीय सचिवमा पार्वती ओली म्याड्रिड,रमेश पण्डित पाइस्भास्को, सन्तोष अर्याल कोष्टब्लान्का, कोषाध्यक्षमा प्रभाकर दर्पण केसी, सहकोषाध्यक्ष लाल बहादुर खत्री क्षेत्री, महिला संयोजकमा जमुना देवी शर्मा सापकोटा, युवा संयोजकमा गणेश राज अधिकारी र युवा उपसंयोजकमा प्रविण सिंह पनि निर्विरोध निर्वाचित हुनु भएको छ ।

त्यसै गरि सदस्यहरुमा सुनिता भुर्तेल ढुंगाना, उदयराज पाठक, शिव प्रसाद गौतम, केशर बहादुर थापा, गोविन्द अधिकारी, दीपिका श्रेष्ठ,रमेश बास्तोला, रितेश श्रेष्ठ निर्विरोध चयन हुनु भएको छ । स्पेनबाट प्रतिनिधित्व गर्ने आइसीसी सदस्यमा यज्ञ नारायण पौडेल चयन हुनु भएकोछ ।

Leave A Reply

Your email address will not be published.