पार्टी फुटाउँछु भनेको छैन : महामन्त्री थापा

0

काठमाडौं \ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने काममा आफू लागिरहने बताउनुभएको छ ।

सोमबार पार्टी केन्द्रिय समितिको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले सबै पुराना राजनीतिक दल संकटमा पर्ने कारण भनेको ३०/३५ वर्षदेखि ४/५ जना नेतामात्रै सत्ता र नेतृत्वमा घुमिरहनु रहेको बताउनुभयो ।

उहाँले संसदीय दलको नेता बदल्ने कुरा अहिलेको आवश्यकता भएकाले आफू अझै संसदीय दलको नेता फर्न लागिपर्ने बताउनुभयो । उहाँले पार्टी सभापति शेरबहादुर देउवाले आफू ५ पटक प्रधानमन्त्री बनिसकेकाले अर्को नेता पार्टीको संसदीय दलको नेता बनोस् भनेर आह्वान गर्ने अपेक्षा राखेको पनि बताउनुभयो । महामन्त्री थापाले आफूले पार्टी फुटाउने कुरा नगरेको भन्दै संसदीय दलको नेता फेर्ने कुरा गर्दा आत्तिन नपर्ने बताउनुभयो ।

महामन्त्री थापाले वर्तमान सत्ता गठवन्धनको नेता कांग्रेस भएकाले आफ्ना शर्तहरुमाथि सम्झौता गर्नु नहुने बताउनुभयो । उहाँले अबको ४ वर्षमा देशमा संघीयता चाहिन्छ भन्ने मनोभावना विकास गर्ने चुनौति रहेको उल्लेख गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.