सुरक्षा घेरा दिएर चार सय सवारीसाधन गन्तव्यमा

0

सप्तरी, ११ असोज । नयाँ संविधान र सीमाङ्कनको विरोधमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दको आज ४५औँ दिनमा पनि सप्तरी प्रहरीले पूर्व-पश्चिम राजमार्गमा अलपत्र परेका करिब ४०० सवारीसाधनलाई सुरक्षा घेरा दिएर गन्तव्यमा पठाएको छ । बस, मालबाहक ट्रक र साना ठूला सवारीसाधन गरी ४०० सवारीसाधनलाई पश्चिमको सिरहाबाट सुनसरीतर्फ र सुनसरीमा अलपत्रमा परेका सार्वजनिक सवारीसाधनलाई प्रहरीले सुरक्षा दिएर गन्तव्यसम्म पु-याएको जिल्ला प्रहरी कार्यालय सप्तरीका नायब प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.