कैलालीमा खटिएका सेना व्यारेक फर्किने

0

कैलाली, ११ असोज । शान्ति सुरक्षालाई मध्यनजर गरी कैलालीको टीकापुर नगरपालिका र आसपासका क्षेत्रमा खटिएको नेपाली सेना सोमबारदेखि व्यारेक फर्किने भएका छन् । स्थानीय प्रशासनले कैलालीको टीकापुरको सुरक्षा स्थिति सामान्य भएको भन्दै लिखित अनुरोध गरेकोमा आजदेखि नेपाली सेना व्यारेक फिर्ता हुन लागेको  सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
टीकापुरमा गएको भदौ ७ गते आठ प्रहरी र एक बालकको ज्यान जाने गरी भएको हिंसात्मक घटनापछि स्थानीय प्रशासनले टीकापुर, धनगढी र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गर्नुका साथै दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरी सेना खटाएको थियो । ती क्षेत्रमा घोषणा गरिएको दङ्गाग्रस्त क्षेत्र यही असोज ६ गते राति १२ बजेदेखि हटाइएको थियो । टीकापुरमा जारी निषेधाज्ञा बिहान ५ बजेदेखि अपराहृन ५ बजेसम्मका लागि हटाइएको भएपनि निषेधित क्षेत्र यथावत् रहेको र सदरमुकाम धनगढीमा निषेधित क्षेत्र यथावत् राखिएको छ ।

Leave A Reply

Your email address will not be published.